- गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
इटहरी : मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ ।
गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाइदिएका हुन् ।
मेयर पौडेलले पे्रस विज्ञप्तिमार्फत भनेका छन,‘माघ ११ गतेदेखि लागेको ताला नखुल्दा कार्यालयको दैनिक कामकाजमा समेत बाधा पुग्न गएको, त्यसैगरी वडा कार्यालयहरुको सेवा समेत प्रभावित भइ सेवाग्राहीहरुलाई सेवा लिन कठिनाइ भएकाले स्थानीय सरकार प्रमूखको नाताले नगरवासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाइएको ताला खोलि कार्यालयबाट प्रदान गरिने सेवालाई नियमित सुचारु गर्न आवश्यक भएकाले उक्त ताला फोरेर काम सुचारु गर्न गराउन बाध्य भएको छु ।’
तर, यस कार्यको एमालेका जनप्रतिनिधि मानेका छैनन् बरु, एमाले जनप्रतिनिधिहरु मेयरको ‘दादागिरी’भन्दै मेयरकै कार्यकक्षमा नै ताला लगाउने चेतावनी दिइरहेका छन् ।
उपमहानगरपालिकाकी उपमेयर चौधरीले भनिन्,‘मेयरजीको दादागिरीमा शैलीमा जुन ताला तोडिएको छ । समाधान दिन सक्नुभएन भने हामी मेयरज्यूको कार्यकक्षमा ताला लगाउँछौं ।’
इटहरीमा मेयर कांग्रेसका हुन भने उपमेयर सहितका बहुमत कार्यपालिका एमालेको रहेको छ । ‘सहमति होला जस्तो छैन । ताला लाग्ने जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।
विवाद के हो ?
खासगरी इटहरीमा तालाबन्दीको अवस्था श्रृजना हुनुको मुख्य कारण भनेको कर्मचारीको सरुवाको विषय हो । गत पौष २८ मा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले कर्मचारीको सरुवा गरेका थिए । सो सरुवामा कांग्रेसले जितेका वडाका बाहेकका कर्मचारी चलाएको भन्दै एमाले आन्दोलित बनेको हो ।
कर्मचारी सरुवा गरेर मेयर पौडेल भारत गएका थिए । त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन् । कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो ।
तर, मेयर पौडेल उल्टाएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन् । अर्कोतर्फ उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संिजव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ । शाखा प्रमुख खड्का भने सातौं तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा पोष्टिङ भएका छन् ।
‘उहाँको पोष्टिङ भइसकेको छ । उहाँ यहाँ बिदामा भएकाले मंगलबारबाट देवानगञ्ज हाजिर हुनुहुन्छ होला’ उपमहानगरपालिका एक अधिकारले भने ।
विवाद बढ्दै जाँदा तालाबन्दीसम्मको अवस्था आएको हो । उपमेयरले कर्मचारीको कोठामा तालाबन्दी गरेपछि लिखित रूपमा माफी माग्नुपर्ने भन्दै उपमहानगरका कर्मचारी पनि आन्दोलित भएका थिए ।
प्रमुख पौडेलले ताला फुटाएपछि भने कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । तर, एमाले कांग्रेसको राजनीतिक विवाद थप चुलिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।